काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व सकिएपछि पनि बीओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता दिने भएको छ । बैंकले यसअघि नेपालीहरूको महान चाडहरू दशैँ, तिहार, नेपाल संवत ११४३ तथा छठमा आफ्ना ग्राहकहरूलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने हेतुले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको थियो । सोअनुसार चाडपर्वहरूमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यो योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरूले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउन सक्ने छन् । यस नगदफिर्ता योजना यही २०७९ साल कात्तिक १५ गते मंगलबारबाट २०७९ साल कात्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरूलाई आजै नगद फिर्ता योजनाको फाइदा लिन बैंकले आग्रह गरेको छ । ग्राहकहरूलाई विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरूमा मात्र नभई बैंकले चाडपर्वपश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकहरूलाई लाभान्वित बनाउन बैंक प्रतिबद्ध जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।