काठमाडौं । सञ्चालनमा रहेका २६ मध्ये २४ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३८ अर्ब ४९ करोड ६६ लाख ५० हजार तीन सय ८० रुपैयाँ देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा उक्त परिमाणमा बैंकहरुको वितरणयोग्य नाफा देखिएको हो । उक्त नाफामध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा एभरेष्ट बैंकको देखिएको छ भने सनराइज बैंक र बैंक अफ काठमाण्डूको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासिकमा वितरणयोग्य नाफा बढी हुने पाँच वटा बैंकहरुको क्रमशः एभरेष्ट, एनआईसी एशिया, ग्लोबल आईएमई, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक परेका छन् । यी बैंकहरुको वितरणयोग्य नाफा क्रमशः चार अर्ब ७१ करोड ६८ लाख ५७ हजार, चार अर्ब २० करोड ६४ लाख १९ हजार, तीन अर्ब ४५ करोड ९० लाख २७ हजार, तीन अर्ब २७ करोड ४७ लाख १४ हजार र तीन अर्ब १७ करोड ४५ लाख ६३ हजार रुपैयाँ छ । नेपाल बैंक, एनएमबी र प्राइम कमर्सियल बैंकको वितरणयोग्य नाफा भने क्रमशः दुई अर्ब ९० करोड २५ लाख २४ हजार, दुई अर्ब २३ करोड ३१ लाख ७४ हजार र दुई अर्ब सात करोड ३६ लाख ४९ हजार रुपैयाँ छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट, सानिमा, नेपाल एसबीआई र मेगा बैंकको वितरणयोग्य नाफा भने क्रमशः एक अर्ब ८० करोड २९ लाख ८७ हजार, एक अर्ब ७७ करोड ४२ लाख चार हजार, एक अर्ब ६३ करोड ४४ लाख ९२ हजार र एक अर्ब ५८ करोड २६ लाख ८८ हजार रुपैयाँ छ ।
चालू आवको पहिलो त्रैमासिक अवधिमा माछापुच्छ्रे, लक्ष्मी, सिटिजन्स र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा एक अर्ब ५४ करोड ७७ लाख १३ हजार, एक अर्ब २४ करोड २७ लाख ८४ हजार र एक अर्ब २२ करोड ५१ लाख ४७ हजार रुपैयाँ छ ।
एनसीसी, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र सिभिल बैंकको वितरणयोग्य नाफा भने क्रमशः एक अर्ब ७८ लाख १० हजार, २४ करोड दुई लाख ८२ हजार, ४८ करोड ५५ लाख ९८ हजार र ८६ करोड तीन लाख १५ हजार रुपैयाँ छ ।
यसैगरी प्रभु, नबिल, सेञ्चुरी र कुमारी बैंकको वितरणयोग्य नाफा क्रमशः ३० करोड ९३ लाख ६२ हजार, २९ करोड ६१ लाख ७४ हजार, ५४ करोड ७१ लाख ८८ हजार र २६ करोड ४६ लाख ६९ हजार रुपैयाँ छ । यीबाहेक बैंक अफ काठमाण्डू र सनराइज बैंकको वितरणयोग्य नाफा भने क्रमशः १८ करोड ३४ लाख ४३ हजार र २८ करोड २३ लाख एक हजार रुपैयाँले ऋणात्मक देखिएको छ ।
