काठमाडौं । गरिमा विकास बैंकको खुद मुनाफा सामान्यरूपमा घटेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १९ करोड ३३ लाख २८ हजार एक सय २६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले १८ करोड ४४ लाख १९ हजार छ सय ४४ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ५९ करोड आठ लाख ७३ हजार पाँच सय दुई रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६८ अर्ब ९६ करोड ८४ लाख ७२ हजार एक सय २४ रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८५ करोड ९९ लाख ४७ हजार छ सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ६२ लाख १७ हजार पाँच सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिम चार दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा आठ करोड २२ लाख सात हजार पाँच सय १८ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६८ अर्ब ४१ करोड दुई लाख १२ हजार चार सय ४१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड २२ लाख ९० हजार सात सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ करोड ४१ लाख ९२ हजार तीन सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९० प्रतिशत रहेको थियो ।