काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका भएका छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्याय विसं २०७७ देखि नै सानिमा जनरल इनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । यसअघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले यही कात्तिक सात गतेबाट मर्ज भई सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको नाउँमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
