काठमाडौं । सेयरबजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन ५६ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन सात दशमलव ३२ अंकले उकालो लागेर १९ सय ३८ दशमलव ३० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७९ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ९४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार ४७ पटकको कारोबारमा ४३ लाख ४६ हजार सात सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ रुपैंयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।