काठमाडौं । सामङले आफ्नो मिड रेन्ज र फ्ल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरिरहेको छ । यो नयाँ सामसङ ग्यालेक्सी ए०४ ले नेपाली बजारमा चर्चा पाइरहेको कम्पनीको दाबी छ ।
सामसङ जहिल्यै उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि परिचित छ । सामसङले फ्ल्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनहरुसम्मका सबै फोनहरुमा सधैँ आफ्ना ग्रहकहरुको लागि केही नयाँ आकर्षक फिचर्स लिएर आएकै हुन्छ । सामसङले सार्वजनिक गर्न लागेको ग्यालेक्सी ए०४ को मुख्य आकर्षण यसको ५० एमपी क्यामरा छ, जसले यसलाई नयाँ युवा पुस्ताका लागि एक उत्तम फोनको रुपमा प्रस्तुत गर्नेछ । युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिनेछ । यसको अर्को विशेषता भनेको यसको मूल्य दायरा रहने कम्पनीको भनाइ छ ।
सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरु ल्याउँदै आएको छ । यस नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन पनि सामसङ लाइन अपको एक उत्कृष्ट फोनको रुपमा चिनिनेछ भन्ने अपेक्षा राखिएको कम्पनीले उल्लेख गरेको छ ।