काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ्ग प्रालिले हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकहरुलाई लोमाङथान भ्रमण गराउने भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनको लागी कम्पनीले बुधबारदेखि ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता गराउँदै यात्रा सुरु गरेको हो । सो यात्रा काठमाडौं–पोखरा–लेते– जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब नौ सय किमिको हुनेछ ।
नेपाल जनरल मार्केटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकु, बुधबारीमा रहेको हिरोको शोरुममा बुधबार फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाइक चलाउन अनुरोध गरे ।