काठमाडौं । समृद्धि फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डीसीईओ नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्स्योरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए । साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोदराज पौडेलको नायब महाप्रबन्धक पदमा बढुवा भएको छ । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथै फाइनान्सले आठ वर्ष आठ महिनामा पैसा तेब्बर, १२ वर्ष आठ महिनामा पैसा पाँच गुणा र १६ वर्ष पाँच महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।