काठमाडौं । आम नागरिकमा बीमाप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियानजस्तै भइरहेको छ । आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुबा आमाले समयमा नै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ । सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसी दिएर मस्र्याङ्दी ३ लमजुङ निवासी बेल बहादुर तामाङले उनका एक वर्षीय छोरा भिन तामाङको जन्मदिन मनाएका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बेसीशहर शाखाबाट बेल बहादुर तामाङले आफ्नो एक वर्षीय छोरा अभिनव तामाङको नाममा मेरो मुटु बाल जीवन बीमा योजनाअन्तर्गत जारी भएको १५ लाख रुपैयाँबराबर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन ।
रिलायन्स लाइफ इन्स्योरेन्स हरेक नेपालीहरू खुलेर जिउन चाहेको हेर्न चाहन्छ सोहीबमोजिम नेपालभर प्रदेश नं. एकदेखि सातसम्म एक सय २४ वटा शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ भने प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफू बसेको स्थानबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था समेत गरेको छ ।