काठमाडौं । समृद्धि फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड १४ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सका यस्तो नाफा २६ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७४ करोड २१ लाख ७५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ५१ करोड ९५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६२ करोड ५६ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ४१ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ९६ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने ३६ करोड १७ लाख ५८ हजार रुपैयाँले ऋणात्मक देखिएको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ४१ करोड ३९ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५७ करोड १६ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड पाँच लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६२ प्रतिशत रहेको थियो ।