काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार, रिद्धि प्रताप ज.ब.राणा ले काठमाडौंको सिफल, ज्ञानेश्वर, कालोपुल क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा मतदाताहरुले अन्य दलहरुको चुनावमा मुख देखाउन आउने तर पछि फर्केर नआउने गरेको भन्दै अब यो क्षेत्रमा आफ्नै ठाउँको व्यक्तिले चुनाव जित्नु पर्ने बताए । सोही क्रममा राणाले आफूलाई जनताले चुनाव जिताएमा यो क्षेत्रका समस्या बुुझ्न, समस्या समाधान गर्न तथा नियमित भेटघाटमा आइरहने र आइपरेका सबै किसिमका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे । यसभित्र, शिक्षा, स्वास्थ, रोजगार, बिकास निर्माण, भ्रष्टाचार नियन्त्रण, पर्यावरण, सरसफाई, प्रविधि, पर्यटन, सबै क्षेत्र पर्छन, उनले भने । राणाको यही प्रतिवद्धता, उक्त निर्वाचन क्षेत्रमा नैं जन्मी हुर्की, बढेको र सबैको दुखसुखको सारथी, सहयोगी भएकाले पनि आमनागरिकप्रति राणाको लोकप्रियता बढ्दै गएको छ । आम मतदाताहरु अपेक्षा गरे भन्दा ठूूलो संख्यामा उनको पक्षमा उपस्थित भइरहेका छन् । आम नागरिकहरुले राणाको पक्षमा मत दिएर आर्थिकरुपमा समृद्ध, बिकसित र भ्रष्टाचारमुक्त देश बनाउने कार्यमा सहयोग गर्ने बताउँदै आएका छन् ।