काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले वर्ल्डकप थिमसहित ‘२० मा बीज’ सञ्चालन गरेको गरेको छ । कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक क्याम्पेन सञ्चालन गर्दै आएको छ ।
कात्तिक महिनाको क्याम्पेन वल्र्डकपको थिमसहित शनिबार रातिदेखि आइतबारसम्म सञ्चालन गरेको हो । यस क्याम्पेनअन्तर्गत सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा विन्टर रेडी होम योजनामा ७४ प्रतिशतसम्म, वर्ल्डकपको क्रेज योजनामा ६४ प्रतिशतसम्म, किप इट वार्म योजनामा ६३ प्रतिशतसम्म र विन्टर ब्युटी एसेन्सियल्स योजनामा ३७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै आइतबार सामान अर्डर गर्ने सेवाग्राहीहरूका लागि कम्पनीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पनि प्रदान गरेको जनाएको छ । यस्तै कम्पनीले फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गरेको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।