काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३२ करोड ९१ लाख आठ हजार चार सय ८५ रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २१ करोड ४१ लाख पाँच हजार नौ सय ६३ रुपैयाँँ रहेको थियो ।
हाल चुक्ता पुँंजी दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २८ अर्ब ५१ करोड ९७ लाख १३ हजार सात सय १७ रुपैयाँँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड ४९ लाख ८५ हजार चार सय ५९ रुपैयाँँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड ९९ लाख ८८ हजार नौ सय ५० रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ३९ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने २५ करोड ६७ लाख चार हजार छ सय १८ रुपैयाँँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २७ अर्ब एक करोड ९४ लाख ६१ हजार पाँच सय ५५ रुपैयाँँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड ७७ लाख २८ हजार एक सय ९७ रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५३ करोड ३८ लाख १७ हजार आठ सय ५२ रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ६१ प्रतिशत रहेको थियो ।