काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ८५ लाख ७३ हजार पाँच सय १९ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ११ लाख ५५ हजार दुई सय ७५ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ५० करोड रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक अर्ब सात करोड ३८ लाख ८० हजार एक सय ७५ रुपैंयाँ निक्षेप संकलन गरी ९४ करोड ४९ लाख ५९ हजार चार सय ५७ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ८८ लाख ४७ हजार दुई सय ४२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैकमा चार दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७८ करोड ६३ लाख ६० हजार सात सय ७१ रुपैंयाँ निक्षेप संकलन गरी ९३ करोड ७३ लाख ४० हजार सात सय १३ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७७ लाख ६६ हजार ९२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २० प्रतिशत रहेको थियो ।