काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ६४ लाख ५६ हजार सात सय २५ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाईनान्सको यस्तो नाफा तीन करोड ७९ लाख २९ हजार तीन सय ६० रुपैंयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुंजी ५० करोड २८ लाख ३० हजार रुपैंयाँ रहेको फाईनान्सले चालु आवको पहिलो त्रैमासमा चार अर्ब ३८ करोड ३१ लाख ७२ हजार ७३ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड ८१ लाख ५३ हजार आठ सय ५९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड तीन लाख ५८ हजार सात सय ५६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई करोड ४२ लाख १३ हजार दुई सय ८३ रुपैंयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४८ करोड १४ लाख ६४ हजार छ सय ३१ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड १५ लाख तीन हजार ५३ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौं करोड तीन लाख ४६ हजार छ सय ६६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन करोड ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।