काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले लोकप्रिय अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्डवाहक ग्राहकहरूले दराज एयापबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहनेछ ।
बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।