काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ८५ लाख ४२ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड ९२ लाख ९५ हजार रूपैंयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड ६६ लाख ९९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ८० लाख ६१ हजार रूपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६५ लाख ६२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ११ करोड पाँच लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९४ करोड ६९ लाख ६२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।