काठमाडौं । सेयरबजार परिसुचक पुन: ओरालो लागेको छ । अघिल्लो दिन दुर्ई दशमलव ५७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन: ३९ दशमलव १५ अंकले ओरालो लागेर १९ सय १७ दशमलव २२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६८ अंकले ओरालो लागेर तीन सय ७६ दशमलव ५३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २४ हजार तीन सय ८८ वटा कारोेबारमा ३६ लाख ९७ हजार सात सय २३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४० करोड ७३ लाख ९५ हजार चार सय ३७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर बजार परिसुचक पुरै रातो भएको छ ।