काठमाडौं । चिर्ख्वा हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।

कम्पनीका अनुसार एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमति माग गरिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा भने आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।