काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा छ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा १४ करोड ९० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ९५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४७ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौं लाख ९४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १२ करोड २६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ करोड ७५ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात लाख ९० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४२ प्रतिशत रहेको थियो ।