काठमाडौं । समृद्धि फाइनान्सले २१औँ वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गरी वार्षिकोत्सव मनाएको छ । २१औँ वार्षिकोत्सवको अवसरमा समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भई कात्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियोे ।
कात्तिक २५ गते नेपाल हाउस रेष्टुरेन्टमा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा आयोजना भएको हो । संस्थाले २१औँ वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ । यसैगरी १० वर्षभन्दा पुरानो चार जना कर्मचारीहरूलाई दीर्घ सेवा पदकसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । आफ्नो सबै शाखाहरूको कर्मचारीहरूलाई दिएको लक्ष्य पूरा गर्ने १३ जना कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ साथै यस संस्थाका सबै शाखाको ऋणीहरूमध्ये १० जना उत्कृष्ट ऋणीहरूलाई सबै शाखाहरूमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको जानकारी संस्थाका कामु मुख्य व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।
२१औँ वार्षिकोत्सवको अवसरमालोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ चारवटा खाताहरू सार्वजनिक गरिएको थियो । लोलाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, तीन महिने मुद्दती निक्षेपमा १३ दशमलव २० प्रतिशत रहेको खाता, कल खातामा चार दशमलव पाँच प्रतिशत ब्याज रहेको खाता र समृद्धि डबल धमाका, तेब्बर धमाका, पाँच गुणा र आठ गुणाको मुद्दती खाताहरू भएको लोभलाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।