काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड २५ लाख ५० हजार पाँच सय ८१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २० करोड १९ लाख ३७ हजार नौ सय छ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब १९ करोड ५० लाख २५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब ४८ करोड नौ लाख नौ हजार एक सय ५० रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड ९० लाख १० हजार पाँच सय ९८ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४८ करोड ७६ हजार एक सय २८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १८ अर्ब १८ करोड २८ लाख २९ हजार चार सय १२ रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४३ करोड ७३ लाख ६५ हजार एक सय २७ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५१ करोड ५९ लाख ९३ हजार आठ सय ७० रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।