काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन छ दशमलव ५९ अंकले ओरालो लागेर एक अर्ब दुई करोड रुपैंयाँको सेयर खरिद बिक्री भएकोमा साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक १३ दशमलव ४० अंकले उकालो लागेर १९ सय ११ दशमलव २६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले उकालो लागेर तीन सय ७६ दशमलव ५७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको १७ हजार सात सय दुई पटक सेयर किनबेच भएको छ । जसबाट २४ लाख ९५ हजार छ सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेर ११ वटा उपसमुहहरुको सुुचक उकालो लागेका छन् ।