काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १० लाख ३० हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड तीन लाख ८९ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १६ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ६० करोड ९४ लाख ३२ हजार रूपैंयाँ निक्षेप संकलन गरी पाँच अर्ब नौ लाख ७१ हजार एक सय २९ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौं करोड ४५ लाख ११ हजार रूपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६२ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब १९ करोड ५८ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब २२ करोड ८८ लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड १० लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३५ लाख ३० हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७० प्रतिशत रहेको थियो ।