काठमाडौं । पर्यटनलाई प्रवर्द्धनको लक्ष्यसहित चलचित्र छायांकनको लागि नायक दिनेश केसी भियतनाम जाने भएका छन् । नेपाली चलचित्र क्षेत्रमा जीवन्त अभिनयबाट आम नेपाली दर्शकहरूमा मनमष्तिकमा बस्न सफल भएका नायक केसी चलचित्र दौडानको छायांकनको लागि भियतनाम जान लागेका हुन् ।
चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्न सकियो, नेपाल र नेपालीलाई विश्वमाझ चिनाउ सकियोस् भनेर नै चलचित्र छायांकनको लागि उक्त देश जान लागेको केसीले बताए । सम्भवत चुनावपछि हामी छायांकनको टोलीसहित त्यहाँ जान्छौँ, उनले भने ।
नायक दिनेश केसीले आफ्नो निर्माण संस्था दोलखा फिल्मस कम्पनीबाट निर्मित चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीहरू देशमा मात्र नभएर विदेशमा समेत प्रदर्शन गर्दै आइरहेका छन् । सोहीअनुरूप उनले पछिल्लो समय सिंगापुर, मलेसियाको रमणीय स्थानहरूमा खिचिएको ‘प्रदेश बस्नै मन छैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् ।
नायक केसीका अनुसार उक्त म्युजिक भिडियोका निर्माता गणेश प्रसाद रेग्मी हुन् । क्यामरामा यज्ञ रेग्मी, निर्देशक चेतनाथ दंगाल, कलाकारहरूमा दिनेश केसी, खुशी खनालले उक्त म्युजिक भिडियोमा अभिनय गरेका छन् । यसरी म्युजिक भिडियो र फिल्महरूमा निकै नै व्यस्त रहेका नायक केसी दोलखा फिल्मसको युनिट नै लिएर अर्को प्रोजेक्टको लागि कम्बोडिया भियतनामलगायतका मुलकहरूमा चलचित्र छायांकनको लागि जान लागेका हुन् ।
दोलखा फिल्मस्का डाइरेक्टर समेत रहेका नायक केसीले नेपाली चलचित्र दौडानको छायांकनको लागि त्यहाँ जान लागेको बताए ।