काठमाडौं । सानिमा बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस ३ गते आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको अधिकृत पुँजी १२ अर्ब रुपैयाँलाई १२ गरी १८ अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गर्नेछ । यसैगरी चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव पनि सोही वार्षिक साधारणसभाले गर्नेछ ।