काठमाडौं । एभरेष्ट बैंकले २८औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर २६ गते वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको लैनचौर बैंकेटमार्फत हुने उक्त सभामार्फत बैैंकले १३ प्रतिशत बोनस सेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही मंसिर १३ गते सेयरधनी दर्ता किताब बन्द हुने जानकारी पनि बैंकले दिएको छ ।