काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) बैंकले २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले तीन दशमलव ३६ प्रतिशत बोनस सेयर र सात दशमलव ६३ प्रतिशत नगद लाभांशको वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन २७ दशमलव ७१ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकले एक खर्ब २४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २७ दशमलव एक प्रतिशतको वृद्धि हाँसिल गरेको छ । बैंकको सातवटै प्रदेशमा एक सय ५६ वटा शाखा, एक सय ४४ वटा एटीएम र १५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।