काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नौ करोड ९१ लाख ३० हजार नौ सय ५४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १७ करोड ३५ लाख ८७ हजार एक सय २३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार छ सय ११ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा आठ अर्ब २० करोड ५६ लाख ३१ हजार पाँच सय ३८ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ७३ करोड १८ लाख ७१ हजार सात सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड २४ लाख ६४ हजार ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ९७ करोड एक लाख ७८ हजार सात सय ५७ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३४ करोड ४७ लाख ९९ हजार ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड ९१ लाख ४० हजार तीन सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।