काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २२ लाख ४६ हजार आठ सय ५५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले ९३ लाख ४० हजार नौं सय ३२ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ८० करोड ५७ लाख एक हजार एक सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३० करोड ९० लाख चार सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १४ लाख दुई हजार ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५९ करोड १५ लाख ५९ हजार आठ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६८ करोड ५१ लाख ४७ हजार दुई सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८५ लाख ७५ हजार चार सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।