काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६० लाख २२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ३१ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी नौ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ३१ करोड १० लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २४ करोड ५६ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ लाख ३५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २२ करोड ७९ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १२ करोड ९१ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ३५ हजार रुपैयाँ रहेको थियो भने थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।