काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड सात लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ५५ करोड २२ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७० करोड ५६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३० करोड १४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ८८ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड दुई लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात सात दशमलव ३२ प्रतिशत रहेको थियो ।