काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ५९ लाख १७ हजार पाँच सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ५६ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १२ अर्ब ३७ करोड ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८७ करोड २५ लाख आठ हजार सात सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३५ करोड १७ लाख ३३ हजार पाँच सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १९ करोड ८८ लाख ४० हजार सात सय ४६ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ९३ करोड ५७ लाख ८४ हजार आठ सय १६ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब १६ करोड १८ लाख ६० हजार चार सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३८ करोड ८६ लाख २९ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड ६० लाख ९६ हजार एक सय ८७ रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९८ प्रतिशत रहेको थियो ।