काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ३७ लाख १० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड १९ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ४० करोड २५ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड तीन लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४३ लाख २४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २१ करोड २९ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३७ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड छ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको थियो ।