काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले ‘विश्वकप च्याम्पियन अफर’ नामक योजना बजारमा सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १ सय रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै एक भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस टेलिभिजन पनि जित्न सक्नेछन ।
ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । ग्राहकहरुले यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ ।