काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडबीच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकले बुधबार कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरको लागि बैंकका सञ्चालक समितिहरूले एकबराबर एक अर्थात् १ः१ अनुपातको सेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको जानकारी पनि बैंकले दिएको छ ।