काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको घोषणा कम्पनीको यही मंसिर २८ गते पोखराको आभ्या क्लबमा हुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।