काठमाडौं । एभरेष्ट बैंकले टाटा मोटर्सबाट विद्युतीय सवारी किन्न चाहनेलाई सस्तो दरमा ऋण दिने भएको छ । सिप्रदी ट्रेडिङ प्रा. लिमिटेडले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई ८० प्रतिशतसम्मको सवारीसाधन ऋण दिने सम्बन्धमा हालै एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।
हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू बिक्री गर्दै आईरहेको छ । सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२ दशमलव आठ प्रतिशत ब्याजदरमा सात वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् ।