काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरबाट छनोटमा परेका सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन उपहार दिएको छ । कम्पनीले आफ्नो सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी सात जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।
एक लाखदेखि सातौँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको कम्पनीले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्र बैंक चोकका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।
सन् १९९५ बाट सेवा सुरु गरेको वल्र्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या सात लाख पु-याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको कम्पनीले जनाएको छ ।