काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजतप्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । यही मंसिर ११, गते सम्पन्न सोसम्बन्धी समझदारीपत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउँदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा चार सयभन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । कम्पनीले सौर्य ऊर्जासँगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार सात सय ८२ युनिट स्वच्छ विद्युत् उत्पादन गरिसकेकोे छ ।