काठमाडौं । प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सम्झौता भएको छ । बैंकले ’व्यापार र प्रतिस्पर्धात्मकता’ अन्तर्गतको सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई कोभिड–१९ को महामारीपछि सुधार गर्दै दिगोरूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन संयुक्तरूपमा काम गरिने बैंकले जानकारी दिएको छ । यसका साथै आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेषगरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।
उक्त लक्ष्य हासिल गर्न यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरूको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको सञ्चालन तथा नयाँ–नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरूको प्रयोग गर्ने जनाएको छ ।