काठमाडौं । सेयरबजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ५१ अंकले ओरालो लागेर ८४ करोड ३६ लाख रुपैंयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने यि दुबै सुचक बढेका छन् । बजार परिसुचक आज ११ दशमलव २२ अंकले उकालो लागेर १९ सय ६१ दशमलव छ बिन्दुमा चढ्न सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४१ वटा कम्म्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।