काठमाडौं, फागुन २५
गण्डकी विकास बैंक लिमिटेडले एकैसाथ चार वटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी एकै साथ चार वटा शाखा कार्यालयहरुको औपचारीक रुपमा समुद्घाटन गरेको हो । भक्तपुरको थिमी शाखाको समुद्घाटन बैंकका अध्यक्ष सुशिल गौचनले गरेका हुन भने जोरपाटी शाखा, बालुवाखानी शाखा र जरंखु शाखाहरुको समुद्घाटन क्रमशः बैंकका सञ्चालकहरु त्रय बासुदेव त्रिपाठी, नारायण बहादुर बानिया एवं किशोर ओझाले गरेका हुन । बैंकको नेपाल अधिराज्यभर ९५ स्थानमा शाखा सञ्जाल रहेको जनाईएको छ । भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले आफ्नो मनतव्य राख्दै गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुलो बैंकिङ सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रियस्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको बताए ।
न्यू विजनेशएजद्वारा आयोजितसन् २०१९ को बेष्ट म्यानेज डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत बैंकको चुक्ता पुँजी दुई अर्व ७५ करोड रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड संकलन गरी २७ अर्व ५३ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । अब उपरान्त बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।पूर्व ताप्लेजुङ्गको फुङ्ग्लिङ्ग देखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवं हिमालपारीका जिल्लाहरु मुस्ताङ्ग ,मनाङ्ग तथा जुम्लामा समेत बैंकका शाखा सञ्जाल फैलिएकोछ । बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गर्दे विभिन्न प्रकारका बचत एवं मुद्दती खाताहरु सञ्चालनमा ल्याएको छ भने कर्जा तर्फ पनि विभिन्न वर्गहरुलाई लक्षित गर्दे आवास कर्जा, अटो लोन, ओभर ड्राफ्ट कर्जा, आवधिक कर्जा, विपन्न वर्ग कर्जा, सुन कर्जा प्रवाह गर्दे आउनुका साथै बैंकले ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा समेत प्रदान गरेको छ । एटिमए सेवा, मोवाइल बैंकिङ सेवा, एसएमएस बैंकिङ सेवा, चेक क्लियरिङ्ग सेवा, एबिबिएस बैकिङ्ग सेवा, लकर सेवा समेत प्रदान गर्दै आएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जर÷प्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।