काठमाडौं । अष्ट्रेलियामा नेपलिज एसोसिएसन इन नर्दन टेरिटरी (एनएएनटी) र जुपिटर मिडियाको संयुक्त प्रयासमा ‘इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी’ विषयक एक छलफल कार्यक्रमको आयोजना गरिएको छ । अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्बिन सहरमा रहेका नेपालीहरुको वृत्तिविकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्दै केबीए ग्लोबलका सीईओ तथा फेडेरेसन अफ नेपलिज युथ इन्टरप्रिनर, फेनिका ओसेनियाका संयोजक तथा इन्टरनेसनल बिजिनेस काउन्सिलका कार्यकारी सदस्य शम्भु कंडेलले नेपाली विद्यार्थीहरुले अष्ट्रेलियामा आफूभित्र रहेको प्रतिभा बाहिर ल्याउने गरेको बताए । यस्तै जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका नेपालीको प्रगतिमा आफ्ना टेलिभिजन कार्यक्रम र मिडियाहरुबाट नेपालीहरुको प्रगतिलाई रेखांकन गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।