काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार नौ सय ६१ दशमलव शून्य छ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ६६ विन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ४१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख १० हजार नौ सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रूपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो जसअनुसार ६० हजार छ सय १४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार पाँच सय ११ रूपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौँ दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ३२ दशमलव ४३ अंकले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३४ अंकले उकालो लागेर तीन सय ८६ दशमलव २६ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ६१ अंकले ओरालो लागेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६५ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य आठ विन्दुले उकालो लागेर तीन सय ८२ दशमलव सात विन्दुमा चढेको थियो । चौथो कारोबार दिन भने पुनः बजार परिसूचक तीन दशमलव ५१ अंकले ओरालो लागेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८५ विन्दुले ओरालो लागेर तीन सय ८१ दशमलव ८४ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव छ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८२ विन्दुले उकालो लागेर तीन सय ८३ दशमलव ६६ विन्दुमा चढेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।