काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । संस्थाले निष्काशन गर्ने प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ५१ हजार दुई सय ९३ कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा आज आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।