काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बी एन्ड सी अस्पतालबीच मेडिकल अन्डर राइटिङको लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमपश्चात् इन्स्योरेन्सले इटहरीस्थित सनसाइन मेडिकल एन्ड डाइगोनोसिस सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङको लागि सम्झौता गरेको छ ।
कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेकअप सुविधा प्राप्त होस् भनी सो सम्झौता गरिएको कम्पनीले बताएको छ । योभन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेडिलकल कलेजरुसँग सम्झौता गरी मेटिकल चेक अफलाई सहज बनाउनमा ठूलो सहयोग गरेको छ ।