काठमाडौं । खुला बजार कारोबार सम्वन्धी संशोधित कार्यविधि पुस १ गतेबाट कार्यान्वयनमा आउने छ । आइतबार माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्वन्धी सम्झौंता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यही पुस एक गतेबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
खुला बजार कारोबार तथा व्याजदर करिडोर सम्वन्धी उपकरणहरुको प्रयोगका सम्वन्धमा नेपाल राष्ट्र बैंक, खुला बजार कारोबार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्वन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ जारी गरिएको हुंदा माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्वन्धी सम्झौंता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई उपरोक्त नियमावली तथा कार्यविधिमा गरिएको संसोशित व्यवस्थाहरुको पुर्ण कार्यान्वयन यही पुस एक गते देखि लागु हुने छ, राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ ।