काठमाडौं । अनलाइनमार्फत सट्टेवाजी गर्ने दुई व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतको राजस्थान घर भई काठमाडौंको नरदेवी बस्ने ३२ वर्षीय पवनकुमार शर्मा र पाल्पाको रैनादेवी गाउँपालिका घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ३७ बर्षिय रुद्र प्रसाद पोखरेल रहेका छन् ।
काठमाडौंको बिभिन्न स्थानमा अनलाइन सट्टेबाजी भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले शनिबार साँझ पक्राउ गरेको उक्त कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका मध्ये पोखरेललाई जमल र शर्मालाई नरदेवीबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गर्नको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उक्त कार्यालयको भनाइ छ ।