बेइजिङ । चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारीसाधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् । सवारीसाधन र चालक दुवैको संख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल संख्या ३.१८ करोड पुगेको एमपीएसले बताएको छ ।
सन् २०१४ देखि चिनियाँ लाइसेन्स प्राप्त चालकहरूले औसत वार्षिक दुई करोड ५० लाखको संख्यामा बढ्दो छ । हाल दुई चिनियाँ वयष्कमध्ये एकसँग ड्राइभिङ लाइसेन्स छ ।